गन्यपधुराका दलितलाई सशक्तिकरण तथा सिप विकास तालिम

Image

डडेल्धुरा । महाभारत पर्वत श्रृंखालामा अवस्थित गन्यापधुरा गाउँपालिकाका दलित समुदायलाई सिप विकाससंगै सशक्तिकरण तालिम दिन थालिएको छ । वडा नं. ४ र ५ का दलित समुदायलाई समेटेर सात दिने तालिम संचालन गरिएको हो ।

वडा नं. ४ को कैलापालमाण्डौ स्थित वडा कार्यालयको सभाहलमा १५ जना बढी दलित समुदायका महिला र पुरुषलाई सिप विकाससंगै सशक्तिकरण तालिमको आयोजना गरिएको छ । दलित समुदायबाट छनौट गरि सशक्तिकरण तथा सिप विकास कार्यक्रममा सहभागी गराईएको वडा अध्यक्ष नरेश भट्टले जानकारी दिए ।

उद्घाटन कार्याक्रममा उनले सहभागीहरु लाई आवश्यक कृषि, पशुपालन क्षेत्रका सिप सिक्दै समुदायमा सशक्त दलित समुदाय निर्माणका लागि तालिमको आयोजना गरिएको बताए । सात दिने तालिमबाट महत्वपूर्ण सिप सिक्दै आगामी दिनमा तालिम दिन सक्ने प्रशिक्षकका रुपमा देख्न पाउने विश्वास व्यक्त गर्दै उनले परम्परागत कृषि, पशुपालनलाई व्यवसायीक रुपमा गर्ने गरि दलित समुदायले आयआर्जनको पाटो बलियो बनउदै लैजाने अपेक्षा रहेको बताए । यसका लागि ध्यान दिएर सिप सिक्न उनले सहभागीहरु लाई आग्रह गरे ।

सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा टिकाराम पार्की दलित सशक्तिकरण सिप विकास सात दिने कार्यक्रम संचालन गरिएको कार्यालय प्रमुख मिनबहादुर लामिछानेले बताए । कार्यालयका कर्मचारीसंगै स्थानीय प्रशिक्षकहरु भएकाले ढुंक्कसंग सिप सिक्न र सशक्त बन्न उनले सहभागीहरु लाई आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश सरकारले समुदायमा उदाहरणिय काम गरेका व्यक्तिका नाममा विभिन्न सिप मुलक तथा सशक्तिकरणका कार्यक्रमहरु संचालन गरिरहेको उल्लेख गर्दै कार्यालय प्रमुख लामिछानेले टिकाराम पार्कीले डोटीको शिलगढीमा आफ्ै लगानीमा तीन दशक अघि नै बालबालिकाहरु लाई पढाउने, दलित समुदायलाई सशक्त बनाउने, दलिताका हक अधिकारीका लागि वकालत गर्ने काम गरेकाले उनको नामबाट सशक्तिकरण र सिप विकास कार्यक्रम संचालन गरिएकोे बताए ।

वडा नं. ४ र ५ का केही स्थानीयहरुले व्यवसायीक रुपमा तरकारी, फलफूल खेती गर्दै आईरहेकाले दलित समुदायले पनि उनीहरुबाट सिकक्ने सक्ने र यस सशक्तिकरण तथा सिप विकास कार्यक्रमले व्यवसायीक रुपमा कृषि र पशुपालन कार्यमा जुट्न ठूलो टेवा पुग्ने उनले बताए ।