डडेल्धुरा अस्पतालका अध्यक्षलाई कालोमोसो दल्ने एक जना पक्राउ

Image

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कालोमोसो दल्ने एक जना पक्राउ परेका छन । जिल्ला सदरमुकाम स्थित अमरगढी नगरपालिका ५ तुफानडाडामा रहेको डडेल्धुरा अस्पतामा भएको उक्त घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक बरुणबहादुर सिंहका अनुसार ती व्यक्तिलाई आइतबार राति बझाङबाट पक्राउ गरिएको छ । सोमबार मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उनले बताए । पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

गएको पुस २३ गते दिउसो अस्पताल विकास समिति अध्यक्ष ओझाको कार्यकक्षमै चार जनाको समूहले कालोमोसो दलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त घटनापछि जिस्पतालमा सर्वपक्षीय छलफल गरिएको थियो भने अस्पताल प्रशासनले संवेदनशील क्षेत्रमा यस्तो गतिविधि भएको भन्दै आपत्ति जनाउँदै विज्ञप्तिजारी गरेको थियो । स्वास्थ्यकर्मीहरुले अस्पताका सबै सेवा सुबिधा ठप्प गर्ने चेतावनी दिए पनि सर्वपक्षिय बैठकले बिरामीहरुले उपचारबाट बञ्चित राख्न नहुने प्रतिक्रिया जनाए पछि अस्पताका सेवा संचालन गरिएको थियो ।

उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । अनुसन्धान पूरा भएपछि पक्राए परेका व्यक्तिलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले जानकारी दिए ।