डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिईएको छ । जिल्लाको पहिलो नगरपालिकाका रुपमा स्थापित अमरगढीको ३०औं बार्षिकोत्सवका अवसरमा स्थानीय सार्वजनिक बिदा दिईएको हो ।
नगरपालिकाले एक सुचना जारी गर्दै माघ १३ गते एक दिन अमरगढी नगरपालिका तथा मातहतका सम्पुर्ण निकायहरुमा (सम्पुर्ण वडा कार्यालयहरु, सेवा केन्द्रहरु, स्वास्थ्य केन्द्र तथा शैक्षिक संस्थाहरु) स्थानीय सार्वजनिक बिदा दिईएको जानकारी दिएको छ ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका २०५२ सालमा स्थापना भएको थियो ।















