दुई समुह नै चुनावी प्रतिशपर्धामा
डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको निर्वाचनमा दुई समुह बिच प्रतिशपर्धा हुने भएको छ । केन्द्र देखी प्रदेश हुदै जिल्ला सम्म बनको नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल एक समुह भएर निर्वाचनमा गएको छ भने समाजबादी प्रेस संगठन, प्रेस सेन्टर र मिडिया नेपाल एक समुह बनेर चुनावमा होमिएको छन ।
देशभरी चुनाव बहिस्कार गरेको मिडिया नेपाल डडेल्धुरामा भने समाजबादी र प्रेस सेन्टरको मौर्चासंगै चुनावमा होमिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रि देखि जिल्लासम्म मंसिर २८ गते एकै दिन चुनाव हुदै छ । पत्रकार महासंघ डडेल्धुराको नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस चौतारी नेपालबाट पत्रकार पुष्कर भण्डारी अध्यक्ष पदका उमेदवार बनेका छन । नयाँ कार्य समिति १५ सदशीय हुने छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा गणेश रोका, उपाध्यक्ष महिलामा लक्ष्मि ऐर, सचिवमा राजेन्द्र ठगुन्ना, सहसचिव खुल्लामा भान बहादुर विक र सहसचिव समावेसीमा राधा फुलारा, कोषाध्यक्षमा पदम जोरा उमेदरवार रहेको निर्वाचन संयोजक बाबुराम श्रेष्ठले जानरी दिए ।
उनका अनुसार समाजबादी र प्रेस सेन्टर नेपाल मोर्चाबाट अध्यक्षका उमेदवार हिक्मत सिंह, उपाध्यक्षमा ललित सिंह बोहरा, उपाध्यक्ष महिलामा पार्वती बोहरा, सचविमा भिम बहादुर खत्री, सहसचिव समावेसीमा बिमल जैरु, सहसचिवमा टिकाराम साउद र कोषाध्यक्षमा भक्त बहादुर गाहा उमेदवार रहेका छन ।
पत्रकार महासंघ डडेल्धुरा शाखामा हाल जम्मा सदस्य संख्या ६४ जना रहेको छ । एक जना सदस्य वैदेशिक रोजगारीको शिलसिलामा देश बाहिर रहेको जनाईएको छ । संख्यात्मक हिसाबले नेपाल प्रेस युनियन र प्रेस चौतरी नेपालका सदस्य संख्या बढी रहेको छ ।












